Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पालुङटारमा ६५ दिने गार्मेन्ट तालिम सम्पन्न, महिलाहरू स्वरोजगारको बाटोमा

loading views..
Nepal Telcome

गोरखा, जेठ २० गते। पालुङटार नगरपालिकाको आयोजना तथा भ्यू एक्टिभ कन्सल्टेन्सी प्रा.लि.को संयोजनमा सञ्चालित ६५ दिने गार्मेन्ट सीपमूलक तालिमको समापन समारोह जेष्ठ १९ गते भव्य रूपमा सम्पन्न भएको छ।

नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष अनिता रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तन प्रमुख अतिथि रहनुभयो। उप–प्रमुख वन्दना पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमानसिं थापामगर, तालिम संयोजक तथा भ्यू एक्टिभ कन्सल्टेन्सीका प्रतिनिधि गोविन्द राम, सह–प्रशिक्षक तिलकुमारी परियार, सिलाई प्रशिक्षक रमा कडेल, कार्यपालिका सदस्य मनिका अधिकारी लिम्बु, वडा नं. ५ महिला सञ्जाल अध्यक्ष सुनिता अधिकारीसहित पालिका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

२० प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

६५ दिने प्रशिक्षण अवधिमा सहभागी २० जना प्रशिक्षार्थीहरूले सिलाई र गार्मेन्टसँग सम्बन्धित विभिन्न सीपहरू प्राप्त गरेका थिए। तालिम सफलतापूर्वक सम्पन्न गरेबापत प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

मायाको चिनो प्रदान, भविष्यका योजना सार्वजनिक

समारोहमा प्रमुख तथा विशेष अतिथि र अन्य अतिथिहरूलाई भ्यू एक्टिभ कन्सल्टेन्सीका संयोजक गोविन्द रामले मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले तालिमजस्ता सीप विकासमूलक कार्यक्रमहरू युवालाई आत्मनिर्भर बनाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने माध्यम भएकोमा जोड दिए।

प्रशिक्षार्थीबाट व्यवसायमा रूपान्तरणको प्रतिबद्धता

तालिममा सहभागी प्रशिक्षार्थीहरूले आफूले सिकेका सीपलाई आगामी दिनमा व्यवसायिक रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्ता अवसरले ग्रामीण भेगका महिलामा आत्मबल, आत्मनिर्भरता र उद्यमशीलता विकासमा सघाउ पुर्‍याउने उनीहरूको भनाइ थियो।

समापन समारोहको समग्र वातावरण उत्साहजनक रह्यो भने आयोजक, अतिथि र प्रशिक्षार्थीबीच सीपको सफल साझेदारी र भविष्यप्रतिको आशावाद साटासाट गरिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link