Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

संघर्षदेखि सफलता सम्म: डा. स्मृति हरिजनको प्रेरणादायी यात्रा

loading views..
Nepal Telcome

कपिलवस्तु, जेठ २३ गते। समाजको सबैभन्दा पछि पारिएका भनिने समुदायबाट उठेर, इतिहास रचेकी छन् डा. स्मृति हरिजन चमार। डोम, मुसहर, चमारजस्ता वर्गीय विभेद र आर्थिक अभावले थिचिएको समुदायबाट पहिलो महिला डाक्टर बन्नु केवल व्यक्तिगत उपलब्धि होइन, यो एक सम्पूर्ण समुदायको सम्भावनाको उज्यालो प्रतीक हो।

डा. स्मृति अहिले नेपालकै एक प्रतिष्ठित अस्पतालमा कार्यरत छिन्। उनका माइली दिदी सृजना हरिजन अहिले बेलायतमा MBA (Finance) गर्दैछिन् भने भाई सन्दीप हरिजन कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन् , तीनै जना सन्तानहरू उच्च शिक्षा र आत्मनिर्भर जीवनको बाटोमा अग्रसर छन्।

यी सबै सफलताको जग भने उनीहरूका बुबा सन्तराम हरिजन हुन् कपिलवस्तु जिल्लाको बहादुरगञ्जका एक मेहनती मजदुर। २०३९ सालमा स्वयं SLC पास गरे तापनि, उनले आफ्नो जीवन इँटा भट्टाको धुलो र मेहनतमा बिताए। गरिबी, जातीय भेदभाव, र समाजको तिरस्कारलाई उनले कहिल्यै आफ्ना सन्तानको भविष्यको बाटोमा अबरोध बन्न दिएनन्।

“भविष्य उज्यालो बनाउने हो भने वर्तमानमा बलिदान दिन तयार हुनुपर्छ,” सन्तराम हरिजनको जीवन यही भनाइको साक्षात उदाहरण हो।

समाजले ‘पछाडि परेका’ भनेर हेपिएका समुदायबाट यस्ता सन्तानले गरेको उपलब्धिले अहिले लाखौं युवाहरुलाई प्रेरणा दिइरहेको छ।

डा. स्मृति हरिजनको सफलता, सृजनाको उच्चशिक्षा र सन्दीपको टेक्नोलोजीप्रतिको लगाव यी सबैले एउटा सन्देश दिन्छन्:
संघर्ष जतिसुकै कठिन भए पनि, सपना पुरा हुन सक्छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link