Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

लेउवा संघको प्रोफेसनल व्यूटि सेमिनार तालिम

loading views..
Nepal Telcome

लेखनाथ, ५ असार । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा ब्यवसायिक व्यूटिसियनहरुका लागि दुई दिने प्रोफेसनल व्यूटि सेमिनार (एड्भान्स मेकअप एण्ड हेयरस्टाईल) तालिम प्रदान गरिएको छ ।

असार ४ र ५ गते संघको कार्यकक्षमा आयोजना गरिएको तालिमा संघमा आवद्ध २३ जना प्रोफेसनल व्यूटिसेनहरुको सहभागीता रहेको थियो ।

तालिम समापन समारोहमा वोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले पछिल्लो समय व्युटिपार्लरको अत्याधिक माग रहेकाले उनिहरुको सिपलाई अझ वढि निखरता दिन र आफ्‌नो व्यवसायलाई अझ बढि टेवा पुग्ने गरि तालिमको आयोजना गरेको बताउदै सिपसँगसगै आय आर्जनमा जोडिनका लागि आग्रह गरेका थिए ।

तालिमका प्रशिक्षक एवं मायाज व्युटिपार्लरका संचालक गिता गिरीले सिकाई जिवनको महत्वपुर्ण पाटो भएको सिपलाई ब्यवसायमा जोडेर आर्य आर्जन वढाउन आगह गरेकी थिईन ।

तालिम समापन समारोहमा सहभागीहरुको तर्फबाट रुपकला श्रेष्ठले तालिम अति फलदायि भएको र यस्ता एड्भान्स तालिमले व्यवसायलाई उत्साह र समयानुसारको परिवर्तनसँगै अगाडि बढ्न मद्दत पुग्ने धारणा राखेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतकाको उपस्थिति रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी समन्वय उपसमिति संयोजक गंगा मल्लले सवै सहभागीलाई व्यवसायीक रुपमा अगाडि बढ्न यस प्रकारको तालिम फलदायी हुने विश्वास राखेकी थिईन ।

संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रको संचालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन भने स्वागत मन्तव्य कार्यक्रम संयोजक ईन्दिरा रोक्काले गरेकी थिईन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link