Skip to content
Pokharapress Logo
३० बैशाख २०८३, बुधबार

पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायी संघ कास्कीको वृक्षारोपण कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

पोखरा, असार ७ गते। पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायी संघ कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको वार्षिक वृक्षारोपण कार्यक्रम यस वर्ष पोखरा–११ स्थित काहुँडाँडामा सम्पन्न भएको छ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, सल्लाहकार, आजीवन सदस्यहरू तथा साधारण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरूप्रति अध्यक्ष चिन्तामणि खरेलले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको सहकार्यमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रम संघको वातावरणप्रति उत्तरदायी सोच र समाजप्रतिको समर्पणको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ।

संघले आगामी दिनमा पनि यस्ता समाजोपयोगी गतिविधिमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त कार्यक्रमलाई नेपाल मोबाइल ब्यबसायी महासंघ गण्डकी प्रदेशले पनि सहकार्य गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link