Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

ग्रामीण पर्यटनतर्फ अजिरकोटको कदम : क्हेचोमा अतिथि सत्कार तालिम

जनताको लागि अहोरात्र खटिनेे पालिका अध्यक्ष दिपक देबकोटा

loading views..
Nepal Telcome

गोरखा । अजिरकोट गाउँपालिका वडा नं–१ स्थित क्हेचो गाउँमा ‘अतिथि सत्कार, घरवास पर्यटन तथा लज व्यवस्थापन’ सम्बन्धी तालिम सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड, युएनडिपीको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को समन्वयमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय समुदायको आयआर्जन वृद्धि गर्नुका साथै ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

कृषि, पशुपालन तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण क्हेचो गाउँमा ग्रामीण पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले तालिममार्फत स्थानीयलाई सेवा, आतिथ्य र व्यवस्थापनसम्बन्धी सीप प्रदान गरिने आयोजकले जनाएका छन्।

तालिममा अजिरकोट गाउँपालिकाका पाँचवटै वडाबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ। यस तालिमले अजिरकोट क्षेत्रमा पर्यटन गतिविधिमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link