पोखरा, ८ वैशाख । उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देश सहित नेपाली काँग्रेसले देशव्यापी गरिरहेको जरा अभियान कास्कीमा तिव्र पारिएको छ ।
नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारी सहित चैत २९ गतेदेखि अभियान प्रारम्भ गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीका केन्द्रीय सदस्य रेशम बाँनिया र महासमिति सदस्य विष्णु पौडेल आउनुभएको छ । यसैक्रममा मंगलबार कास्की क्षेत्र नं १ मा अभियान अन्तर्गत भेला गरिएको छ । भेलाले अभियानका लागि प्रतिनिधिहरु खटाएको छ ।
भेलामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि रेशम बाँनिया, केन्द्रीय सदस्यहरु तिलक बहादुर रानाभाट, कृष्ण के.सीले अभियान पार्टीका लागि अति महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, सभापति किशोरदत्त बराल, महासमिति सदस्यहरु सुदीपमोहन भट्टराई, दीपक गुरुङ माइला लगायतले बोल्नुभएको थियो ।
अभियान कास्कीका ७२ इकाइसम्म पुग्ने छ । अभियानका क्रममा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक सँगै वितरण, जनसम्पर्क र जेन्जी युवाहरुसँगको संवाद अघि बढाइने छ ।
नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव ओमप्रकाश गुरुङले संचालन गर्नुभएको थियो ।





