गोरखा।सिरानचोक गाउँपालिका ले गाउँपालिकाको समग्र विकास योजना अझ प्रभावकारी, समावेशी र दिगो बनाउने उद्देश्यसहित “दोस्रो सिरानचोक बिज सभा” आयोजना गर्दै छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वातावरण संरक्षण तथा नीति निर्माण लगायतका क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका विज्ञ तथा सरोकारवालाको सुझाव संकलन गर्न सभा आयोजना गर्न लागिएको हो।
गाउँपालिकाले आगामी योजना तथा कार्यक्रमलाई व्यवहारिक, कार्यान्वयनयोग्य र परिणाममुखी बनाउन विज्ञहरूको राय, सुझाव, परामर्श र मार्गदर्शनलाई प्राथमिकताका साथ समेट्ने जनाएको छ। कार्यक्रममा गाउँपालिकावासी, विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी तथा सरोकारवालालाई उपस्थित भई आफ्नो अमूल्य सुझाव दिन आग्रह गरिएको छ।
सभाको कार्यक्रम २०८३ जेठ ८, ९ र १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम सिरानचोक गाउँपालिका वडा नं. २ स्थित कृषक समूह भवन, नयाँबजार, थालाजुङमा आयोजना गरिने गाउँपालिकाले जनाएको छ।



