Skip to content
Pokharapress Logo
३१ असार २०८३, बुधबार

पालुङटार नगरपालिकाको १९औं नगरसभाबाट आ.व. २०८३/८४ को नीति, कार्यक्रम र बजेट पारित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई प्रति पदक रु. ७०००, ६००० र ५००० का दरले नगद पुरस्कार दिई सम्मान

loading views..
Nepal Telcome

गोरखा,२१असार । नगरप्रमुख विवश चिन्तनको अध्यक्षतामा भएको पालुङटार नगरपालिकाको १९औं नगरसभाले असार २१ गते आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित गरेको छ।
नगरसभाले गत आर्थिक वर्षको यथार्थ आय-व्यय, चालुको संशोधित अनुमान र आगामी वर्षको आय-व्यय अनुमान समेत अनुमोदन गरेको छ। सुशासन, सेवा प्रवाह र पारदर्शितालाई प्राथमिकतामा राख्दै प्लास्टिक झोला नियन्त्रण, कार्यसम्पादन सम्झौता, बेरुजु फर्स्यौट र भवन बीमा जस्ता निर्णयहरू पनि गरिएको छ। स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिकाले प्राप्त गरेको ८७.७५ अंकलाई सभाले अनुमोदन गरेको छ।
सभामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई प्रति पदक रु. ७०००, ६००० र ५००० का दरले नगद पुरस्कार दिई सम्मान गरिएको थियो।
नगरप्रमुख चिन्तनले पारित नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link