Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

महासंघको आवास गृहमा पत्रकारहरूको लागि आइसोलेशन सेन्टर!

loading views..
Nepal Telcome

पोखरा। नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय काठमाण्डौंमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ ।

महासंघका अनुसार आइसोलेसन सेन्टरमा हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्शका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धी सुविधा उपलब्ध गराइने महासंघका महासचिव रोशन पुरीले बताउनुभयो ।

महासंघको अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link