Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

माओबादी मुख्यालयमा भोटेताल्चा!

loading views..
Nepal Telcome

पोखरा।आइतबारका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)  को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। कोरोना संक्रमण बढेसँगै (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो।

यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भएको हो। विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् आफू संक्रमित भएको सूचना सार्वजनिक गर्न थालेका छन्।

आठौं महाधिवेशनमा सहभागी १ हजार ७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षणसहित बिरामी भएको भन्दै सामाजिक सञ्जालमा सूचना राखेका छन्।

माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

केन्द्रीय कार्यालयको क्यान्टिन र लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ। नेता कार्यकर्ता संक्रमित भएसँगै अध्यक्ष प्रचण्डलगायतका नेताले प्रत्यक्ष भेटघाट बन्द गरेका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link