Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

टेलिकमको अनलिमिटेड भ्वाइस प्याक, प्रत्येक दिन दुई जीबि डाटा

loading views..
Nepal Telcome

पोखरा।नेपाल टेलिकमले आफ्ना पोस्टपेड प्रयोगकर्ताका लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । यो सँगै नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताहरूले ९ सय ९९ रुपैयाँमा एक महिना सम्म कुनै पनि नेटवर्कमा अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।यसका साथै प्रयोगकर्ताले यही प्याक अन्तर्गत ६० जीबी डेटा समेत प्राप्त गर्ने जनाइएको छ । प्रतिदिन २ जीबीका दरले प्रयोगकर्ताले ३० दिन सम्म ६० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । साथै ४०० ओटा एसएमएस पनि उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ अन्तर्गत यो अफर ल्याएको हो । यो अफरको लागि *१४१५# डायल गर्न सक्नुहुन्छ ।  अथवा नेपाल टेलिकमको मोबाइल एपबाट पनि यो प्याक खरिद गर्न सकिने छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link