Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

पोखराको हेमजामा आजदेखि आलु महोत्सव सुरु

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।
महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिककरण गर्नु पर्ने कुरामा बिषेश जोड दिए।प्रदेशसभा सदस्य गणेशमान् गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुवात गर्नुपर्ने स्पष्ट पार्दै यो पेशालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको औँल्याए ।
कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गरे । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए ।
पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याए ।उनले बुहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लव प्रति आभार प्रकट गरे ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले पनि धारणा राखे ।
कार्यक्रमका बीच सहयोगदाता जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएम्वि बैक, हाई ग्राउन्ड एडभेन्चर प्रा.लि सहित गुरुकुल विद्धासदनलाई सम्मान गरियो ।
महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेलमैदानसम्म कृषि झाँकी निकालिएको थियो ।

हेमजा आलु महोत्सब

कोभिडका कारण विगत ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिएको हो । महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्रीवितरण हुने आयोजकको अनुमान रहेको छ ।
मूल आयोजक समितिका अध्यक्ष समेत रहेका क्लव अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अस्विन थापाले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link