Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

गोरखा नगरपालिकाले उद्यमी बनाउन मुर्ति बनाउने तालिम दिँदै

loading views..
Nepal Telcome

गोरखा। गोरखामा पृथ्वीनारायण शाहको मुर्ति बनाउने सम्बन्धी एक महिने एड्भान्स तालिम सुरु भएको छ । महिला उद्यमी संघ, नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एक महिने मूर्ति बनाउने तालिम सोमबारबाट सुरु भएको हो ।

तालिमलाई गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले उद्घाटन गर्दै तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरेकी थिइन् । यसअघि पनि एक महिने आधारभूत तालिम दिइसकेको बताउँदै व्यावसायिक रुपमा उद्यमी बनाउनका लागि दोस्रो पटकका मूर्ति बनाउने एड्भान्स तालिम दिएको उनले जानकारी दिइन् । तालिम र तालिममा आवश्यक पर्ने सामग्री खरिद गर्नका लागि तीनलाख बजेट विनियोजन गरेको उनले बताइन् ।

पृथ्वीनारायण शाहको मूर्ति बनाउने सम्बन्धी एड्भान्स तालिममा नगरपालिकाभित्रका १५ जना महिला सहभागी रहेका छन् । उनीहरुलाई एक महिनाको अवधिमा मूर्र्ति बनाउने, मूर्तिलाई फ्रेम बनाउने, ऐना र फोटोको फ्रेम बनाउन लगायतका कुराहरु सिकाइनेछ । तालिमको प्रशिक्षकका रुपमा योगेन्द्र गुरुङ र शारदा खत्री रहेका छन् । एक महिनाको एडभान्स तालिमले महिलाहरु व्यावसायिक रुपमा संगठित भएर काम गर्न धेरै मद्धत पुग्ने महिला उद्यमी संघ गोरखाकी सचिव सिर्जना पाण्डेले बताइन् । उनीहरुले बनाएको मूर्ति विभिन्न कार्यक्रमहरुमा माया चिनोका रुपमा अतिथिलाई दिनका लागि प्रयोग हुने उनको भनाइ छ ।

महिला उद्यमी संघ गोरखाका अध्यक्ष रीता रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठ, गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link