Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गाेरखा नगरपालिकालाई वातावरणमैत्री बनाउनुपर्छ : नगरप्रमुख राना

loading views..
Nepal Telcome

गोरखा। गाेरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले गाेरखा नगरपालिकालाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।गाेरखा नगरपालिकाले आयाेजना गरेकाे साेमबार विश्व वातावरण दिवसको दिन बिश्वे नगर्चीकाे पार्कमा आयाेजित बृक्षाराेपण कार्यक्रममा मन्त्वय दिदै प्रमुख रानाले मानव जातिको महत्वाकांक्षाले बढ्दै गएको प्रकृतिको दोहनले चुनौती बढेकाले नगरलाई हरियाली र वातावरणमैत्री बनाउनु पर्ने जाेड दिएका हुन् ।

‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ,’ उनले भनेका छन् ।

उनले वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको बताए।गाेरखा नगरपालिकाकाे प्रमुख कृष्ण राना मगरकाे अध्यक्षतमा भएकाे कार्यक्रममा नेपाली सेना नेपाल प्रहरी ससस्त्र प्रहरी डिभिजन बन कार्यालयका प्रतिनिधि बाल कुमार नेपाली उद्योग बाणिजय संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगाएत विभिन्न सम्बन्धित टाेल संस्थाहरुकाे प्रमुख एंबम प्रतिनिधीहरुकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link