Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्नेमा जाेड

loading views..
Nepal Telcome

गोरखा। शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्नेमा जाेड दिएकाे छ । सहिद लखन गाउँ पालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नर्सरी स्थापना गर्ने निर्णय पारीत भएको हो ।

शहिदलखन गाउँपालिकाको कार्य सम्पादनमा अग्रणी स्थानमा रहेको शहिदलखन गाउँपालिकाले पछिल्लो समय थप अनुकरणीय काममा सक्रिय हुँदै आएको छ । पालिका भित्रका नागरिकहरुलाइ उत्पादनमा जोड दिन लगाउने र उत्पादकत्व बढाइ आत्मनिर्भर बनाउने नीति पालिकाले लिएको छ । प्रत्येक वडामा कृषि उपजकेन्द्र स्थापना गरिने गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

उनले भने किसानले उत्पादन गरेका बस्तुलाइ हाटबजारमा लगेर विक्री गर्छाैँ, किसानले समान लिएर बजार जाने र पैसा लिएर घर फर्कने बातावरण यस अघि देखि नै लागू गरिरहेको र यसलाइ थप व्यवस्थित गरिने बताए ।

रैथाने बालिको सँरक्षण गर्ने, कृषिलाइ आधुनिकिकरण गर्ने, रेशम खेती कार्यक्रमलाइ प्रोत्साहन गर्ने कृषि नीति पालिकाले लिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link