Skip to content
Pokharapress Logo
१२ कार्तिक २०८३, बिहीबार

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

loading views..
Nepal Telcome
नदीपुर दुध

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाउनुभयो ।
दुई स्थानिय तहको विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।
माडीसँग एक दमै सकरात्मक सोच र उदेश्यका साथ भगिनी सम्बन्ध कायम गरिएकाले यो सम्बन्धमा अझै प्रगाढ हुँदै जाने आशा एवम् अपेक्षा गरेको प्रमुख दाहालले बताउनुभयो ।
माडीलाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा माडीलाई सहयोग गर्ने गरी विभिन्न समनताका विषयमा एक भएर अगाडि बढ्ने अठोट लिएको प्रष्ट पार्नुभयो ।
छोटो समयमा अदारुपताका साथ भएको सम्झौता अनुसार कार्यन्वनमा पनि सबैको साथ र सहयोगको अपेक्षा लिएको उहाँले बताउनुभयो ।
त्यस्तै माडी नगरपालिका प्रमुख महतोले माडी र भरतपुरको सम्बन्ध ५ वर्षमात्र नभइ सधै सधै अगाडि बढोस् भन्ने चाहाना राखेको बताउनुभयो । यो भगिनी सम्बन्ध माडी नगरपालिकाको लागि पहिलो सम्झौता भएकाले ऐतिहासिक विषय बनेको जानकारी दिनुभयो ।
भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ ।  भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडीएका स्थानिय तह हुन् । यसलाई चितवन राष्ट्रिय निकुञ्जले सिमा छुट्टाएको छ । यी स्थानिय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन् । त्यसैलाई मध्यनजर गदै यहाँका बिकास निर्माण तथा सेवा मुलक कार्यमा संयुक्त योजना बनाउने लक्षय लिईएको दाहालले बताईन् ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ । भरतपुरमा घुम्न आउने पर्यटकहरु माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताईन् । उनले  माडी र भरतपुरको बिकासका लागि भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानिय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ । यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षा, लगाएतका सेवामुलक कामहरुमा सहकार्य गर्ने बताईएको छ ।
दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती बिकासका लागि भू उपयोग योजना तर्जुमा गरी अगाडी बढ्ने समझदारी पत्रमा उल्लेख छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमु्ख चित्रसेन अधिकारी, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, भरतपुर महागनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले मन्तव्य राख्नुभएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link