Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

श्रीनाथ महिला सहकारी संस्थाकाे अध्यक्षमा शाेभा थापा निर्वाचित

loading views..
Nepal Telcome

धनबहादुर तामाङ
गोरखा। सिरानचाेक गाउँपालिका वडा नम्बर ३मा रहेको श्रीनाथ महिला बिकास सहकारी संस्थाकाे अध्यक्षमा शाेभा थापा निर्बिराेध निर्वाचित हुनु भएको छ।सस्थाकाे २२ ओैं साधारण सभाले थापालाई अध्यक्षमा चयन गरेकाे हाे । साधारण सभाले उपाध्यक्षमा सीता तामाङ सचिबमा तारा सुनुवार, सहसचिबमा खतिजा मिया, काेषाध्यक्षमा सर्मिला ढकाल सहितको ११ सदस्य कमर्यसमिति चयन गरेकाे छ ।
सस्थाकाे २२ओैं साधारण सभामा प्रमुख अतिथिकाे रुपमा बाेल्दै जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष बाबुराम काेइरालाले महिलाकाे नेतृत्व बिकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेकाे स्मरण गराउनु भयाे। अहिलेकाे धेरै सहकारीले बचत गर्ने र ऋण लगानि गर्ने मात्र भएकाेले यो सहकारीले त्याे भन्दा फरक भएर अगाडि बढेकाे स्मरण पनि गराउनु भयाे । काेइरालाले यश सहकारी जिल्लाकाे चाैथाे स्थानमा रहेर काम गरेकाे पनि बताउनु भयाे । यसले महिला उद्यमीकाे रुपमा पनि काम गरेकाे बताउनु भयाे । सानाे पुँजिबाट सुरु गरेकाे यश सहकारी अहिले लगभग ६ कराेडकाे काराेबार गर्न सकेकाेमा शुभकामना पनि दिनु भयाे ।
कार्यक्रममा विशेष अतिथिकाे रुपमा बाेल्दै सिरानचाेक गाउपालिका वडा न ३ का अध्यक्ष जगदिश्वर ढकालले सहकारी भन्ने बित्तिकै डराउनु पर्ने देशकाे स्थितिमा यो सहकारीमा ढुक्क भएर बचत गर्न पनि दिदीबहिनीहरुलाई अनुराेध गर्नु भयाे । सहकारीले आफुहरुलाई आबस्यक परेकाे कुरा निर्धक्क भएर वडा कार्यलयमा राख्न र सकेकाे सहयाेग गर्न पनि सधै तयार रहेकाे बताउनु भयाे । यो संस्था र वडा कार्यलय सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु पर्ने पनि अध्यक्ष जगदिश्वर ढकालले बताउनु भयाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link