Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

स्थापना दिबसको अबसरमा  रुपा गाउँपालिकाद्वारा अभ्यक्ष कप भलिबल प्रतियोगिता गर्ने

loading views..

पोखरा। कास्कीको रुपा गाउँपालिकाकाले आफ्नो स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।आज सो बिषयको जानाकारी पोखरामा पत्रकार सम्मेलन गरेर  पालिका अध्यक्षले गराउनु भयो।बि.सं: २०७५ साल देखि गाउँपालिका स्थापना दिवसको अवसरमा गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आज पत्रकार सम्मेलन मार्फत जानाकारी गराइयो।
प्रतियोगिता फागुन २४ देखि २७ गते सम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । स्थापना दिवसको अवसरमा रूपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता, माला बनाउने प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष ओझाले बताउनु भयो।
युवाहरूलाई खेलकुदको माध्ययमबाट शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्वेश्यले ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल उदघोषका साथ रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कपको आयोजना गर्दै आएको अध्यक्ष ओझाले बताए ।भलिबल, झाँकी र माला प्रतियोगिताका विजेतालाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितामा भाग लिन चाहने टिमले यही फागुन १० देखि २३ गते दिउँसो १२ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने अध्यक्षले बताउनु भयो। भलिबल प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई ८० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाई ४० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमलाई २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जानाकारी दिनुभयो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्