गोरखा। जनयुद्ध दिवसको अवसरमा गोरखामा आज रक्तदान कार्यक्रम सम्पन भएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाको आयोजनामा सदरमुकाम स्थित हरमटारी चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो । ‘‘विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म गरिएको रक्तदान कार्यक्रममा ११ जना महिला र ५२ जना पुरुषले रक्तदान गरेका छन्, उहाँले भन्नुभयो, ‘‘संकलित रगत मध्ये केही पाउण्ड गोरखा स्थित रक्त सञ्चार केन्द्रमा राखिएको छ भने बाँकी चितवन पठाइएको छ ।’ बि.स २०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी जनयुद्ध सुरु गरको दिनको अवसर पारेर नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान कार्यक्रमको आयोजना गरेको अखिल क्रान्तिकारी गोरखाका सचिव सुलभ अम्गाईले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको उहाँले बताउनुभयो । त्यस्तै जनयुद्ध दिवसकै अवसरमा पारेर वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले आजै साँझ गोरखा सदरमुकामा दिपावली समेत गरेको छ । हरमटारी चोकमा जम्मा भएर वाइसीएल र अखिल क्रान्तिकारीका युवा विद्यार्थीहरुले दीप प्रज्वलन गरेको सचिव अम्गाईको भनाई छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.