Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखामा २१ औँ सवालाख रोट महोत्सव सफलतापूर्बक सम्पन्न

loading views..
Nepal Telcome

गोरखा २१ जेठ। सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा भएको ११ दिने सवालाख रोट महोत्सव सफलतापूर्बक सम्पन्न भएको छ ।
महोत्सव ५० हजार भन्दा बढी भक्तजनहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा चितवन, काठमाडौ, सिन्धुली, जनकपुर, सर्लाही, विराटनगर लगायतका जिल्लाबाट भक्तजनहरु आएको सिद्धाश्रम शक्ति केन्द्रका राम्जी अर्यालले जानकारी दिए ।

महोत्सवमा एक लाख ६७ हजार ९ सय ४५ रोट गोरखनाथलाई अर्पण गरिएको उनले बताए । ११ दिन सम्म चलेको महोत्सवमा संचालनका लागि २५ लाख भन्दा बढी रकम खर्च भएको पनि उनले बताए ।

‘वर्षै पिच्छे भक्तजनको संख्या वढेको छ, यो वर्ष शुरुको दिन देखि नै भक्तजनको उपस्थिति उल्लेखनीय रहेको थियो,’ उनले भने । महोत्सवले धार्मीक पर्यटकको संभावनालाई उजागर गरेको उनले बताए । महोत्सव अवधि भर प्रत्येक दिन विशेष पुजा, हवन, स्तुतिवन्दना, लगायतका कार्यक्रम भएको थियो । केन्द्रले २०६१ साल देखि सवालाख रोट महोत्सव गर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link