Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

जनताकाे मुहार फेर्ने पार्टी नेकपा माओबादी केन्द्र हाे : परराष्ट्र मन्त्री

आफ्नै वडामा ब्यस्त नारायणकाजी श्रेष्ठ

loading views..
Nepal Telcome

जेठ २६ गोरखा। नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र सिरानचाेक गाउँपालिका वडा नं ८ जाैवारीकाे दाेस्राे वडा सम्मेलन सम्पन्न भएकाे छ । सो सम्मेलनमा प्रमुख अतिथि माओबादी केन्द्रका बरिष्ट उपाध्यक्ष तथा नेपाल सरकारका उप प्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले जनताकाे मुहार फेर्ने पार्टी माओबादी भएकाे बताए।सो कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले बिगतमा आफुले केही कमी कमजाेरी गरेको कारण वडा तथा पालिका हार्नु परेकाे पनि बताउनु भयाे ।
हामी सरकारमा गएकाे भ्रष्टाचार गर्न हाेइन हामी जनताकाे काम गर्न मात्र मन्त्री भएको श्रेष्ठले बताउनु भयाे । जनताकाे पक्षमा माओबादी पार्टी जतिकाे कुनै पार्टी याे देशमा नभएकाे पनि बताउनु भयाे । हामीले लडेर ल्याएकाे याे ब्यावस्थालाई कसैले खाेस्न नसकाेस भन्ने आसयका साथ प्रचण्डले सरकार सञ्चालन गरि रहनु भएकाे पनि बताउनु भयाे । हामी कसरी जनतालाई सम्पन्न बनाउन सकिन्छ भनेर लागिरहेका छाैं उहाँले थप्नुभयो।
वडा अधिबेसनले सर्बसम्मत रुपना नेतृत्व चयन गराेस् र जनताकाे भावना अनुसार काम गर्न सकाेस भनी शुभकामना पनि दिनुभयाे।अधिबेसनले निर्मल कुमार श्रेष्ठकाे अध्यक्षतामा १९ सदस्य समित पनि निर्बाचित गरेकाे छ । कार्यक्रम वडा पार्टी काे अध्यक्ष दिपक श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link