Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अवैध रुपमा ल्याएको काठ सहित ट्रक नियन्त्रणमा

loading views..
Nepal Telcome

जेठ २६,पोखरा। पोखरा महानगरपालिका वडा नं.०१ जौबारी स्थित पोखरा बाग्लुङ सडक खण्डमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा याम्दीबाट हरीचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा चिरुवा काठ (फल्याक) लोड गरी ल्याएको पाइयो।

सो सम्बन्धमा प्रयोजन खुल्ने कागजात साथमा नभएको कारण उक्त काठ सहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बगर कास्कीमा पठाईएको प्रहरी श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link