Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

loading views..
Nepal Telcome

असार ५,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की मातहत अस्थायी प्रहरी पोष्ट भेडावरी कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कस्की माछापूच्छ्रे गा.पा. वडा नं. ४ र ६ को बिचमा रहेको मार्दी खोलाबाट बा २ क ९६४७ नम्बरको व्याक लोडर  (JCB) ले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी रहेको पाइएको थियो। चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएकोछ। त्यसैगरी अस्थायी प्रहरी पोष्ट हेम्जा कास्कीबाट खटिएको प्रहरी टोलीले भेडावारीबाट पोखरातर्फ आउँदै गरेको प्र ३-०१०२४ च ४२७० नम्बरको जिपमा अबैध रुपमा कटपिस ढुङ्गाहरु लोड गरी ल्याईरहेको फेलापारी चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त जिपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link