गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले राहदानी बितरणबाट पाँच करोड सात लाख ५६ हजार पाँचसय रुपैयाँ राजश्व सँकलन गरेको छ ।
युवाहरु बिदेशीने क्रम बढेसंगै गोरखामा एकै बर्षमा १३ हजारभन्दा बढीले राहदानी लिएका हुन् । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आर्थिक बर्ष ०८०।०८१ मा १३ हजार १५८ जनाले पासपोर्ट लिएका छन् ।
राहदानी लिनेहरु मध्ये जिल्लामा सबैभन्दा धेरै पुरुषहरु रहेको उहाँले बताउनुभयो । कार्यालयले १२ हजार ८४२ ई-पासपोर्ट र ३१६ जनाले जारी भएको एमआरपी लिएको तथ्यांकमा उल्लेख गरेको छ । सोही अवधमा कार्यालयले १२ हजार ४२९ थान ई-पासपोर्टको फारम संकलन गरेको थियो ।
कार्यालयको तथ्यांक अनुसार पहिलो चौमासिकमा ३ हजार ६३४, दोस्रो चौमासिकमा २ हजार ९२०, तेस्रो चौमासिकमा ३ हजार २५८ र चौथो चौमासिकमा ३ हजार ३० थान पासपोर्ट जारी गरेको थियो । जसमा ८ हजार १९३ जना पुरुष र ४ हजार ६४९ जना महिला रहेका थिए ।
सोही अवधीमा कार्यालयले पहिलो चौमासिकमा ३ हजार ५१०, दोस्रो चौमासिकमा ३ हजार ११८, तेस्रो चौमासिकमा २ हजार ८३९ र चौथो चौमासिकमा २ हजार ९६२ थान ई-पासपोर्टको फारम संकलन गरेको जनाएको छ । जसमा ७ हजार ४७९ जना पुरुष र ४ हजार ९५० जना महिला रहेका थिए । जारी एमआरपी मध्ये १३२ जना महिला र १८४ जना पुरुषको भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.