Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

असोज १ गतेबाट मनकामना केबलकार सुचारु हुने

loading views..

गोरखा,२७ भदौ। मनकामना केबलकार असोज १ गतेबाट पुन: नियमित रूपमा सञ्चालनमा आउने भएको छ। मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी पुन: सञ्चालनमा ल्याउन लागेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरिएको थियो ।
२०५५ सालदेखि गोरखाको मनकामना मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो। २६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको मनकामना केबलकार प्रालिले जनाएको छ ।
प्रालिले यात्रुको सुरक्षालाई विशेष ध्यान दिँदै आएको छ। मनकामना केबुलकारबाट मनकामना दर्शन गर्न आउने दर्शनार्थीलाई मध्यनजर गर्दै अस्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरूबाट डिजिटल प्राणीलामा रुपान्तरण गर्ने कार्य सम्पन्न भई परीक्षण समेत भइसकेको कम्पनीले जनाएको छ ।
२ महिना लामो केबुलकार बन्दले दर्शनार्थीलाई परेको असुविधा प्रति मनकामना केबुलकारले क्षमायाचन समेत गरेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्