Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादीले उपनिर्वाचनमा एक्लै लड्ने, उम्मेदवार नाम टुंगो लगायो

loading views..
Nepal Telcome

काठमाडौँ ,२६ कार्तिक। नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।
पार्टीको पछिल्लो बैठकले देशभरका विभिन्न स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाउँदै यस्तो निर्णय गरेको हो। यसअघि पार्टीले उपनिर्वाचनका लागि अन्य दलसँग सहकार्य गर्ने विकल्प खुला राखेको थियो।
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन लगायतका उम्मेदवारलाई अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link