Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा

loading views..
Nepal Telcome

धनबहादुर तामाङ/गोरखा,८ मंसिर। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन बुधबारदेखि सञ्चालनमा आएको छ।
धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा निर्माण भएको यस अस्पताल भवनका लागि कूल रु दुई करोड २८ लाख खर्च भएको छ। जसमध्ये ४० प्रतिशत रकम गाउँपालिकाले र बाँकी ६० प्रतिशत रकम अर्थ सी एयरले व्यहोरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो।
नवनिर्मित अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणले घर नजिकै आधारभूत स्वास्थ्योपचार सेवा पाउने भएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link