Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

धरहरा सहकारीको तेस्रो अधिवेशनले छान्यो नयाँ नेतृत्व

loading views..
Nepal Telcome

पोखरा,२३ मंसिर। धरहरा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई आयमूलक कार्यमा प्रोत्साहित गर्ने भएको छ। संस्थाको हिजो सम्पन्न छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै यस्तो निर्णय गरेको हो।
नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद शर्माले सदस्यहरूलाई विभिन्न खाले तालिमको व्यवस्था गर्ने, उत्पादनका लागि प्रोत्साहित गर्ने र मौरीपालन, दुनाटपरी बनाउने, कौसी खेती, कृषिको नगदे बाली खेती तथा पशुपालन जस्ता आयमूलक कार्यमा लाग्न प्रेरित गर्ने बताउनु भयो। शर्माले नीतिगत कमजोरी र प्रभावकारी नियमनको अभावका बाबजुद सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा सहकारीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।
सभाले सहकारीको आगामी कार्ययोजना पारित गरेको छ। कार्ययोजनामा सहकारीको वित्तीय अवस्था सुदृढ गर्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जस्ता लक्ष्य राखिएको छ।
नयाँ सञ्चालक समिति अध्यक्षमा नारायण प्रसाद शर्मा,उपाध्यक्षमा कृष्ण विक्रम ठकुरी, सचिवमा देबका खनाल,सह-सचिवमा ओम बाबु भट्ट,कोषाध्यक्षमा रमेश क्षेत्री,सदस्यहरूमा रोशनी गुरुङ, आशा देबकोटा, पेमा कुमारी न्यौपाने, अमृतराज उपाध्याय, ईश्वर बहादुर क्षेत्री, युक्ता थापा साथै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सशिकला अधिकारी पोखरेल र सदस्यहरूमा तेजबहादुर गुरुङ, सावित्री शर्मा रहनु भएको छ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा माहनगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले शुभकामा मनतब्य राख्नु भएको थियो भने संस्थाको बारेमा शुरुवाती पहलकदमी देखि वर्तमान अबस्थाको आरोह अबरोहको बिषय सहित संस्थाका संस्थापक तथा अभिभाबक शिव केसीले मनतब्य राख्नु भएको थियो।सम्पुर्ण अथिति तथा सेयर सदस्यहरुलाई  स्वागत मन्तव्य युक्ता थापाले गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन देबका खनाल उपाध्यायले गर्नुभएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link