Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

तनहुँमा स्वास्थ्य बीमाको पहुँच बढाउने प्रयास जारी

loading views..
Nepal Telcome

तनहुँ, २४ मंसिर। तनहुँ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमले गति लिएको छ। जिल्लाका ४५ प्रतिशत नागरिक अर्थात् १ लाख ४५ हजार ७ सय ९८ जनाले स्वास्थ्य बीमा गराएका छन्। यद्यपि, अझै ५५ प्रतिशत नागरिक यसको पहुँचभन्दा बाहिर रहेका छन्।
स्वास्थ्य बीमा बोर्ड, तनहुँका संयोजक सिर्जना पोख्रेलका अनुसार जनचेतनाको कमी, गरिबी र पर्याप्त स्वास्थ्य सुविधाको अभावले बिमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको हो। उहाँले भन्नुभयो, “हामी विभिन्न समुदायमा गएर स्वास्थ्य बीमाको महत्वबारे जनचेतना फैलाउने काम गरिरहेका छौँ। साथै, गाउँघरमा स्वास्थ्य शिविर सञ्चालन गरी बिमाका लागि प्रोत्साहन गरिरहेका छौँ।”
तनहुँमा स्वास्थ्य बीमामा आवद्ध नागरिकले ६ वटा प्रथम सेवा विन्दुबाट सेवा लिन सक्नेछन्। यी सेवा विन्दुहरूमा बिरामीहरूले निःशुल्क औषधि, परीक्षण र सामान्य उपचार पाउन सक्छन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न प्रयास गरिरहेको छ। यसका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link