Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

पोखरा महानगरले गहुँखेतीमा किसानलाई अनुदान प्रदान गर्ने

loading views..

पोखरा,२४ मंसिर। पोखरा महानगरपालिकाले गहुँखेतीलाई प्रवर्द्धन गर्न किसानलाई अनुदान तथा सहयोगका कार्यक्रम लागू गर्ने भएको छ। हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ वितरण, जमिन जोत्न, र थ्रेसिङ गर्न अनुदान दिने निर्णय महानगरले गरेको हो।

महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार, महानगरभित्र न्यूनतम् १०० रोपनी क्षेत्रफलको क्लष्टरलाई आधार बनाएर किसानलाई ५० प्रतिशत अनुदान प्रदान गरिनेछ। यसमा बीउ, जमिन जोत्ने कार्य, र थ्रेसिङमा सहयोग गरिनेछ।

गहुँखेती प्रवर्द्धन कार्यक्रम पोखराका वडा नं. १३, १९, २३, २६, २७, २८, र ३२ मा विशेष रूपमा कार्यान्वयन गरिनेछ। यस वर्ष महानगरपालिकाले ४,००० किलोग्राम गहुँको बीउ ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको छ।

कार्यक्रमले किसानलाई गहुँखेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। “गहुँ उत्पादनमा आत्मनिर्भरता बढाउँदै किसानको आर्थिक अवस्था सुधार गर्न यो कार्यक्रमले योगदान पुर्‍याउनेछ,” कडरियाले बताए।

महानगरले कृषि क्षेत्रको प्रवर्द्धनका लागि यस किसिमका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्