Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरा सडक महोत्सव: सडकमै रमाइलो

loading views..
Nepal Telcome

पोखरा,पुस १४ गते। पोखरामा हिजो देखि २६औँ पोखरा सडक महोत्सव सुरु भएको छ। ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित यस महोत्सवले लेकसाइडलाई रङ्गीचङगी बनाएको छ।
विभिन्न सांस्कृतिक झाँकीसहितको परेडले महोत्सवको शुभारम्भ गरेको थियो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका थिए। फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब साढे ३ किलोमिटर क्षेत्रमा आयोजित यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूको ठूलो भीड लागेको छ।
“यस महोत्सवले पोखराको सौन्दर्यलाई झनै बढाएको छ,” एक जर्मन पर्यटकले भने, “विभिन्न संस्कृतिहरूको मिश्रण यहाँ देख्न पाइन्छ।”त्यसै गरेर जापानीज पर्यटक खोबायसी नाकायामालेयस्तो कार्यक्रमबाट आफू हर्षित र आन्दित भएको बताए।
महोत्सवमा नेपालका विभिन्न जिल्लाका कलाकारहरूले आ-आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। सडकमै विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरू उपलब्ध छन्। बाल उद्यान, साहसिक खेलकुद, लोक दोहोरी, लाइभ कन्सर्ट जस्ता विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले महोत्सवलाई अझै रमाइलो बनाएको थियो।
रेवान पोखराले विगत २६ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा यो महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link