Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखा–पोखरा सम्पर्क समन्वय समितिको प्रारम्भिक भेला

मणिचन्द्र कँडेलको नेतृत्वमा तदर्थ समिति गठन

loading views..
Nepal Telcome

पोखरा, वैशाख २८ गते। गोरखा–पोखरा सम्पर्क समन्वय समितिको प्रारम्भिक भेला आज पोखरामा सम्पन्न भएको छ। भेलाले मणिचन्द्र कँडेलको नेतृत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। नवगठित समितिले आगामी एक महिनाभित्र बृहत् भेला सम्पन्न गरी अधिवेशनमार्फत पूर्ण संरचना निर्माण गर्ने योजना बनाएको छ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काश्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। साथै, माओबादी केन्द्र गण्डकी प्रदेशका सचिव जगन्नाथ खनाल ‘दिनेश’, सम्पर्क समन्वय परिषद्का संयोजक सुवर्ण दुलाल, गीता खनाल, रामबहादुर बयलकोटी, किरण खड्का, केशव कुमाल, सबिन कुमाल, विनोद ढकाल, सुर्यमान घले, मदन बराम, अर्जुन बराम, कबिन्द्र खनखवास, अमृत कुमाल, धनबहादुर कुमाल, दिवान श्रेष्ठ, भीमलाल अधिकारी, मीनबहादुर खवास, विनोद सारु, विष्णु कुमाल, गोकर्ण खनाल, एकबहादुर थापा, राजु सापकोटा, दिलशन गुरुङ ‘निशान’ र पदम कुमाल समितिमा रहेका छन्।

नवगठित समिति पालिका कमिटी सरह कार्यसम्पादन गर्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link