Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

स्याङ्जामा योङ्ग कम्युनिस्ट लिगको जिल्ला सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

loading views..
Nepal Telcome

स्याङ्जा,बैशाख २७ गते।   स्याङ्जा जिल्लामा आज योङ्ग कम्युनिस्ट लिग (YCL) को चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि शैलेन्द्र घिमिरेले “२०५८ सालको मसिर ८ गते जस्तै, आजको दिन पनि स्याङ्जाका लागि ऐतिहासिक दिन हो” भन्दै सम्मेलनको भब्य सफलताको शुभकामना व्यक्त गर्नुभयो।

सम्मेलनले अर्जुन तिवारी (सफल) लाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सह-सचिवमा आविष्कार क्षेत्री, प्रेम राना, टोप ब. गुरुङ, राजेश श्रेष्ठ, सुवास सुनार लगायत ४५ सदस्यीय जिल्ला समिति सर्वसम्मतरूपमा चयन गरिएको छ। नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

यसै अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्ने ३० जनाभन्दा बढी कार्यकर्ताहरुलाई औपचारिक रूपमा स्वागत गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link