Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पत्रकारको सुरक्षाका लागि प्रेस सेन्टर तनहुँको सात बुँदे ज्ञापनपत्र

loading views..
Nepal Telcome

तनहुँ ,बैशाख २८ गते। पत्रकारहरूको पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले सात बुँदे ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय तनहुँमा बुझाएको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा पत्रकारमाथि भइरहेका दवाव, धम्की र असुरक्षा अन्त्य गर्न ध्यानाकर्षण गराइएको छ।

अध्यक्ष अस्मिता खनालले प्राकृतिक स्रोत दोहन, सवारी दुर्घटना, र सार्वजनिक सरोकारका समाचार लेख्दा पत्रकारहरू असुरक्षित बन्नुपर्ने अवस्था तुरुन्त अन्त्य हुनुपर्ने बताइन्।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, न्यूनतम पारिश्रमिक लागू, सञ्चारमाध्यम दर्ता प्रक्रियामा सहजीकरण, संविधान र लोकतान्त्रिक मूल्यको संरक्षण, र सडक मानवको व्यवस्थापनजस्ता विषय समेटिएका छन्।

जफाप्रमुख अधिकारीले पत्रकार सुरक्षालाई गम्भीर रूपमा लिने र उठाइएका माग सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

त्यसैदिन प्रेस सेन्टर नेपालले देशभर एकैसाथ संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link