Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सिरान्चोक–३ हर्मिमा दुई दिने मानसिक स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सुरु

loading views..
Nepal Telcome

धनबहादुर तामाङ/गोरखा,जेठ ५ गते। सिरान्चोक गाउँपालिका वडा नं. ३ हर्मिमा मानसिक स्वास्थ्य तथा स्व-हेरचाहसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन वडाध्यक्ष जगदीश्वर ढकालले सोमबार एक समारोहबीच गर्नुभयो।

अध्यक्ष ढकाले मानसिक स्वास्थ्य समस्याका बिरामीलाई लक्षित गरी वडाबाट छुट्टै बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। “शारीरिक समस्या भएका मानिस सजिलै चिनिन्छन् तर मानसिक समस्या भएका मानिसहरू बोल्न पनि डराउँछन्,” उहाँले भन्नुभयो, “यस्ता व्यक्तिहरू कम बोल्ने, एक्लै बस्न मन पराउने आदि लक्षणका आधारमा पहिचान गर्न सकिन्छ।”

कार्यक्रम कोशिश नेपालद्वारा प्रवाह गरिँदैछ भने प्राविधिक सहयोग पनि उक्त संस्थाबाट प्राप्त भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको छ। अध्यक्ष ढकाले स्वास्थ्यकर्मीहरूलाई यस्ता बिरामी पहिचान गर्न र आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुखमान श्रेष्ठले मानसिक समस्या पनि शारीरिक रोग सरह उपचार गर्न सकिने रोग भएको स्पष्ट पार्नुभयो। उहाँले मानसिक समस्या भएका व्यक्तिहरूले पनि अपाङ्गता परिचयपत्र पाउने जानकारी दिँदै विद्यालय र समुदाय स्तरमै यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जगन्नाथ पौडेल र मनोज ढकालले सहजीकरण गर्नुभएको थियो। वडाले मानसिक स्वास्थ्यप्रति देखाएको चासो र बजेटको व्यवस्था गरेकामा प्रमुख श्रेष्ठले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link