Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

हर्मीकोट अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

गोरखा, जेठ १६ गते। हर्मिकोट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा सिरानचोक गाउँपालिका वडा नं. ३ हर्मीमा अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। जेठ १२ गतेदेखि सुरु भई हिजो समापन भएको कार्यक्रममा वित्तीय र कानुनी साक्षरतासहित विभिन्न सिप सिकाइ कार्यक्रम सञ्चालन गरियो।

कार्यक्रम सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उनले यस्ता कार्यक्रमले पुस्ताबीचको खाडल कम गर्न सघाउ पुर्‍याउने बताए। कार्यक्रममा बास, सालको पात र चोयाबाट सामग्री बनाउने सीपहरू सिकाइयो।

वडा अध्यक्ष जगदीश्वर ढकालले सीप सिकाइ कार्यक्रमप्रति पूर्ण समर्थन रहेको बताए। कार्यक्रममा शिक्षा शाखा प्रतिनिधि कृष्ण पोखरेल, रेडक्रस हर्मी उपशाखा सभापति धनबहादुर तामाङ, महेन्द्र लिला माविका प्रअ रामप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम हर्मिकोट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कमल ढकालको अध्यक्षतामा सम्पन्न भयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link