Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

घरेलु महिलालाई लक्षित गरी आँबुखैरेनी गाउँपालिकाद्वारा रैथाने खाजा र क्यान्डी बनाउने तालिम सम्पन्न

loading views..
Nepal Telcome

तनहुँ, असार ५ गते। तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को उद्यम विकास शाखा अन्तर्गत घरेलु काममा सीमित महिलाहरूलाई लक्षित गरी आयोजित रैथाने खाजा बनाउने तीन दिने र क्यान्डी बनाउने पाँच दिने तालिम सम्पन्न गरेको छ।

गाउँपालिकाले महिलाहरूको आर्थिक सशक्तीकरण, सीप विकास र स्वरोजगार अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरेको हो। तालिमबाट महिलाहरूलाई आफ्नै सीपको भरमा सानो उद्यम सञ्चालन गर्ने, उत्पादनमा जोड दिने र व्यापारिक क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, र वडा सदस्य गंगा बिसी लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष चुमानले महिलालाई घरभित्र मात्रै सीमित नराखी समाज र आर्थिक क्षेत्रमा बराबरी भूमिका खेल्न सक्षम बनाउने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरिएको बताए।

तालिममा १४ जना भन्दा बढी स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमपछि उनीहरूले आफ्नै उत्पादन व्यवसाय सञ्चालन गर्ने योजना बनाएको जनाइएको छ भने गाउँपालिकाले बजारीकरणका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link