Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार
loading views..
Nepal Telcome

पोखरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवाद” विरुद्ध आज कात्तिक २८ गते देशव्यापी विरोध कार्यक्रम आयोजना गर्दै छ। पार्टीले देशभरका सबै स्थानीय तहमा एकैसाथ विरोध प्रदर्शन गर्ने तयारी गरेको जनाइएको छ।

सोही क्रममा पोखरा महानगर समितिले आयोजना गर्न लागेको विरोध प्रदर्शनका लागि तयार गरिएको आधिकारिक ब्यानर सहित प्रचार–प्रसार तथा आवश्यक समन्वयका लागि प्राप्त सुचना स्रोतले जानकारी दिएको छ। महानगर समितिले कार्यक्रम सफल पार्न सम्पूर्ण सदस्य, समर्थक तथा जनसमुदायलाई आ–आफ्नो स्थानबाट सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

विरोध कार्यक्रम आज दिउसो १ बजे पोखराको लखनचोक ( पृथ्वीचोक) क्षेत्रमा आयोजना हुने जनाएको छ।
कार्यक्रममा व्यापक उपस्थितिका लागि पार्टीले सबैमा आह्वान गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link