Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखाको अस्पतालले भदौ पहिलो साताबाट डाईललिसको उपचार शुरू गर्ने

loading views..
Nepal Telcome

गोरखा। गोरखाको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालले मृगौला रोगको डाइलसिस  उपचार शुरु गर्न  लागेको छ। विगत एकबर्षदेखि अस्पतालमा डाइलसिस गर्ने मेसिन थन्किएर बसेता पनि अब भने भदौको पहिलो साताबाट  सेबा शुरु गर्न लागेको अस्पतालबिकास समिति अध्यक्ष लाल प्रसाद श्रेष्ठले जानकारी दिए गण्डकी प्रदेश स्वास्थ्य मन्त्रीको आतिथ्यमा   गोरखा अस्पतालमा भएको उक्त कार्यक्रममा डाइलसिस समस्या सम्भाबनाको बारेमा गोरखा अस्पतालका प्रमुख हरि श्रेष्ठले मन्त्री सामु छोटो बिबरण प्रस्तुत गरेका थिए ।अस्पतालको खास समस्या भनेको नै दक्ष जनशक्ति र उनीहरुलाई चाहिने वजेटको ब्यबस्था , स्थायी कर्मचारी परिपुर्ति गर्न विशेष जोड गरे।   अहिले अस्पतालको मासिक आम्दानी प्रत्येक महिना सरदर १८ देखि २० लाख सम्म कमाई रहेकोलेकाम गर्न सहज भएको जिल्ला अस्पताल गोरखाले जनाएको उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै स्वास्थ्य मन्त्री मधु अधिकारीगुरुङले गोरखा अस्पतालको समस्यामा समाधान गर्न आफु मन्त्रालय लागि पर्ने बताउनु भयो। कर्मचारीहरुको सही एकिनबिबरण  मन्त्रालयमा पठाउन त्यसको हल गर्न कुनै कसर नराख्ने बिश्बास दिलाइन। कार्यक्रममा पुर्ब प्रदेश कृषि मन्त्री तथा  सांसद लेख बहादुर थापा मगर , गोरखा नगरपालिका मेयर कृष्ण राना , भुमि आयोगकीगोरखाकी जिल्ला अध्यक्ष कमला नहर्की बाणिजयसंघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायतले गोरखा अस्पातलको स्तरबृद्धीको लागि सबैको साथ सहयोग जरुरी रहेको धारण राखेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link