Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

भरतपुरका निर्माणधिन ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र

loading views..
Nepal Telcome
नदीपुर दुध

चितवन। भरतपुरका निर्माणधिन ईन्जिनियरिङ विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र बनेको छ । भरतपुर महानगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यहरु धमाधम अगाडि बढीरहेका छन् । भरतपुर महानगरपालिकाका ईन्जिनियर साकार लामाका अनुसार सिटी हल अवलोकन गर्ने विद्यार्थीहरु एक वर्षअघि देखि आउने गरेपनि पछिल्लो समय भरतपुर महानगरपालिकाको प्रशासनिक भवन, पुलचोक गोन्द्राङ ६ लेन सडक अवलोकन गर्नेहरु आउने क्रम सुरु भएको छ ।
हिमालयन कलेज अफ ईन्जिनियरिङ ललितपुरकाका निर्माण व्यवस्थापनका शिक्षक सुवास भट्टराईले देशको मध्य भागमा रहेकाले भरतपुर आउन सहज र नेपालमै एकै ठाउँमा सबै प्रकारको आयोजना यहाँ अवलोकन गर्न पाउने भएकाले भरतपुर रोजाईमा परेको उल्लेख गरे ।
निर्माण व्यवस्थापन विषयमा २  दिन प्रयोगात्मक अवलोकन र निरीक्षण गर्ने शैक्षिक क्यालेण्डर अनुरुप भरतपुरको एकै ठाउँमा  सबै प्रकारका संरचना हेर्न सकिने गरी ९५ जना विद्यार्थीलाई ल्याईएको उनको भनाई छ ।
सोही कलेजकी विद्यार्धी ऐलिना बेलबासेले सैद्धान्तिक पढाई अनुसार फिल्डमा आएर अवलोकन एवम् थप जानकारी लिन पाउँदा उत्साहित बनेको बताइन । यस्तै अर्का विद्यार्थी किरण अर्यालले प्रशासनिक भवको स्टक्चरको काममा उपयोग भएका समानको बारेमा सैद्धान्तिक अध्ययन अनुसार अगाडि बढेको पाएको बताए ।
भरतपुर महानगरपालिकामा सिग्नेचर ब्रिज, नारायणी तटबन्धन जस्ता अर्बौका लगानीमा आयोजनाहरु अगाडि बढी रहेका छन् । भरतपुर महानगरपालिका शिक्षा, पर्यटन र पूर्वाधार निर्माणको हबको रुपमा विकास भईरहेकाले २०८० साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link