गोरखा। गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१का लागि ६१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँ पालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको गाउँ पालिका अध्यक्ष दीपक तिम्लिसिनाले जानकारी दिए ।
अध्यक्ष तिम्लिसिनाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याइएको बताए । जसअन्तर्गत कृषि उत्पादनलाई जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्यको हकमा सुत्केरी अशक्त र विपन्न नागरिक हरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरिने छ ।भौतिक निर्माणतर्फ वडा गौरवको आयोजना सञ्चालन गर्ने र त्यसमा ८ वटै वडाका लागि ५० लाखको दरले वडा गौरव आयोजनाले यस वर्ष पनि निरन्तरता पाएको अध्यक्ष तिम्लिसिनाले बताए । बजेटले पालिकाको समग्र क्षेत्रलाई समेट्ने प्रयास गरेको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.