Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सबै किसिमका माला अब गाेरखा बजारमा उत्पादन

loading views..
Nepal Telcome

गाेरखा।  गाेरखा नगरपालिका वडा न छ मा रहेकाे समाबेशी उद्ममी महिला समुहले सबै किसिमकाे माला उत्पादन गर्ने भएकाे छ ।

अब गाेरखा बजारमै विभिन्न किसिमका माला उत्पादन गर्ने उद्योग तयार भईसकेकाे र १८ जना दक्ष कामदार बाट सबै किसिमका माला उत्पादनमा सहज भएकाले अब माला लिन काठमाडाै पाेखरा जानू पर्ने बाध्यता हटेकाे महिला समुहका अध्यक्ष राममायाँ श्रेष्ठले जानकारी दिनु भयाे ।गाेरखाबासीहरुकाे लागि बिबाह बर्तबन्ध पास्नी र नेपाल आर्मी र पुलिसकाे लागि पासिङ आउट हुदाँ माला किन्न काठमाडाै जानबाट राेक्न याे तालिम चलाईएकाे गाेरखा नगरपालिका वडा न छ का वडा अध्यक्ष राजेन्द्र कुमार जाेशिले बताउनु भयाे ।

याे माला उत्पादनले बेराेजगार दिदी बहिनीहरुकाे केही आर्थिक आम्दानी पनि हुने र घर खर्च चलाउन पनि सहज हुने वडा अध्यक्ष जाेशीकाे बुझाई छ । गाेरखा नगरपालिका वडा न छ भरि महिलाहरुकाे लागि केही दिनमा अचार बनाउने तालिम दिन लागिएकाे पनि अध्यक्ष जाेशीले जानकारी दिनु भयाे ।गाेरखा नगरपालिकाकाे आर्थिक सहयाेग र समाबेशी उद्यमी महिला समुहकाे आयाेजनामा गाेनपा छ मा ९ दिने तालिम सम्मपन्न भएकाे हाे । जसमा १८ जना महिलाहरु तालिममा सहभागी भएकाे तालिममकाे प्रशिक्षाक समिना मियाँले बताउनु भयाे । अबका दिनहरुमा यस्ता तालिमहरु सञ्चालन गरिने पनि उहाँले जानकारी दिनु भयाे ।

रामायाँ श्रेष्ठकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी गाेरखा नगरपालिकाका मेयर कृष्णले रानाले यस्ता उद्योग तथा कलकारखानाहरु उत्पादन गर्न गाेरखा नगरपालिकाले जस्ताे सुकै पनि सहयाेग गर्न पछि नपर्ने बताउनु भयाे । तालिम लिएर सहि सदुपयाेग गर्न उहाले महिला दिदिबहिनीहरुलाई आग्रह गर्नु भयाे । गाेरखाका सबै बजार मनकामना आरुघाट शहिदलखन पालुङटार सबै ठाउँमा पुग्ने गरि उद्योगकाे रुपमा सञ्चालन गर्न विशेष जाेड दिनु भयाे । यति राम्राे काम गरेकाे समाबेशी उद्यमी महिला समुहलाई बधाई दिदै याे कामलाई निरन्तर दिन पनि अनुराेध गर्नु भयाे अबका दिनमा पनि यस्तै राम्रा कामलाई निरन्तर सहयाेग गर्ने पनि बिश्बास ब्यक्त गर्नु भयाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link