Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

ट्रम्पलाई गुप्तचर सूचना नदिनू : बाइडेन

loading views..
Nepal Telcome

सिएनएन। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गुप्तचर विवरण नदिन निर्देशन दिएको छ। परम्पराअनुसार पूर्वराष्ट्रपतिलाई पनि गुप्तचर विवरण दिने गरिन्छ तर ट्रम्पको “अनियमित बानीबेहोरा”का कारण यस्तो निर्देशन दिएको बाइडेनले बताएका छन्।

ट्रम्पले यदि यस्तो विवरण पाउँदै गरे नराम्रो नतिजा आउनसक्ने सङ्केत गर्दै उनले एक अन्तर्वार्तामा भने, “यसबारे अनुमान म ठूलो स्वरले भन्न चाहन्नँ।”

पूर्वराष्ट्रपतिहरूले गुप्तचर संस्थाको यस्तो ब्रिफिङका लागि अनुरोध गर्ने गरेका छन् र प्राप्त पनि गर्ने गरेका छन्।

ट्रम्पले यसअघि राष्ट्रपतीय दैनिक ब्रिफिङ पूरै पढ्ने गरेका थिएनन्, उनलाई साताको दुई वा तीनपटक गुप्तचर अधिकारहरूले बताउने गर्थे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link