Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

न्युजिल्यान्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

loading views..
Nepal Telcome

पोखरा।न्युजिल्यान्डमा बिहीबार ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा पर्छ। समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो । यता अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड मापन गरिएको जनाएको छ।

भूकम्पलगत्तै न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ।एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link