Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

साँस्कृतिक रुपान्तरण बारे मेरा अनुभुतिहरु:नारायण अधिकारी

loading views..
Nepal Telcome

म २०४० सालमा कक्षा १ मा भर्ना भएको रहेछु।स्कुल टाढा थिएन नजिकै थियो।दिदी हरुसँगै स्कुल गइन्थ्यो।स्कुल छुट्टी पछि आफ्नो सुरले साथीहरू सँग घर आइन्थ्यो।घरमा प्राय बुबा हुनुहुन्थेन।म माथि एकजना दिदी छिन ।म मुनि २ भाइ र एउटा बैनि।हाम्रो बाआमाको हामी पाँच जना छोराछोरी।मेरो कान्छो भाइ जन्मिदा म कक्षा १ मै पढ्दै रहेछ।एक दिन वर्णमाला र बार्‍हखरी सिकाउने गुरु परशुराम धितालले ब्ल्याक बोर्ड (black board) को अक्षर सोध्नुभयो।अक्षर के थियो त्यो त मैले बिर्सें तर त्यो मिलाएको थिएँ।उहाँले सोध्नुभयो अनि “भाइ कत्रो छ?” त्यतिबेला मलाई घरमा सानो भाइ पनि भर्खर जन्मेको कुरा बिर्सिएछु।मैले त ठुलो भाइ मात्र सम्झन पुगें।ठुलो भाइ त्यतिबेला ४ वर्षको भइसकेको थियो।उ त मसँग खेल्ने साथी भइसकेको थियो।सानो भाइ भर्खर जन्मेको कुरा मैले त्यतिबेला बिर्सिएँ।विद्यालय अफिसमा कुरा के भएछ भने “श्रीनाथले छोराको न्वारान गरेन।उ त नास्तिक हो।” मास्टरहरुको बिचमा जे कुरा चलेको थियोे धिताल सरको दिमागमा त्यही कुरा घुमिरहेको रहेछ।धिताल सरले अरु साथीहरूको भाइबैनिहरुबारे केहि सोध्नुभएन तर मेरै भाइको बारेमा किन सोध्नुभयो भन्ने मलाई धेरै पछि सम्म लागिरह्यो।कारण रहेछ कर्मकाण्डि तरिकाले उसको न्वारान नहुनु।त्यही साल उता मामाघर मामाको बिबाह हुँदै रहेछ।मामाको बिबाहमा हामीलाई सहभागी गराइएन।कारण भाइको न्वारान पुरानो बिधि बिधान अनुसार नहुनु।भाइको बिहेमा सहभागी नगराईएकोमा आमाको आज सम्म पनि चित्त दुखाइ छ।आमा अहिले ६८ वर्ष हुनुभयो।२०४५ सालमा मेरो र माइलो भाइको ब्रतबन्ध गरियो।त्यतिबेला बुबाको सोचाइमा के आएछ कुन्नि हाम्रो ब्रतबन्ध त पुरानै ढर्रामा भयो।२०४८ सालमा म माथीको दिदीको जनवादी बिबाह भयो अठार्‍है वर्षको उमेरमा।
२०५१ भदौ १६ गते हजुरआमा बित्नुभयो।हजुरआमाको कर्मकाण्ड बुबाले पुराकापुरा हिन्दुसनातन तरिकाले गर्नुभयो।२०५२ साल फागुन १ गते महान जनयुद्ध शुरु भयो।जनयुद्धमा २०५२ फागुन १ गते भन्दा अगाडि नै भुमिगत हुनेहरू १७ जना थिए।१७ जना मध्यको एकजना मेरो बुबा श्रीनाथ अधिकारी (स्याम) पनि एक हुनुहुन्थ्यो।जनयुद्ध वर्गसंघर्ष मात्र थिएन एउटा अभुतपुर्व साँस्कृतिक क्रान्ति पनि थियो।म आफैं पनि जनयुद्धमा हाम्फालेको एक योद्धा हुँ।जनयुद्ध ताका के सम्म गरिएन साँस्कृतिक क्रान्तिका दौरानमा ? जाँडरक्सीले पैदा गरेको बिकृति विरुद्ध,जुवा-तास ले पैदा गरेको विरुद्ध ब्यापक लाल आतंक मच्चाइयो।बहुबिबाह खारेज गर्दै हिंडियो।छुवाछूत प्रथालाई सहभोजको आयोजना गरेर हमला गरियो।अन्नपातको फारोतिनो गर्ने अभियान चलाइयो।श्रम संस्कारलाई एक नम्बरमा राखियो।जनकम्युन स्थापना भए।जनसरकार र जनसत्ता समेत स्थापना भएका थिए।मेरी श्रीमती कलाकार हुन्।उनले आजसम्म जनवादी गित बाहेक अरु गाएकि छैनन्।हाम्रो बिबाह २०५७ फागुन ३० गते जनवादी तरिकाले संपन्न भएको हो।हाम्रो बाआमाको हामी पाँच जना छोराछोरी।पाँचै छोराछोरीको बिबाह जनवादी तरिकाले संपन्न भएको हो।हामीले छोराछोरीलाई कुनै पनि धार्मिक अनुष्ठानमा जोडेका छैनौं।हामीलाई धर्ममा बिश्वास छैन।बिज्ञानमा मात्र बिश्वास छ।२०६९ फागुन १७ गते हजुरबा बित्नुभयो।हजुरबाको कर्मकाण्ड बुबाआमाले पुरानो ढर्राले गर्नु भएन।बुबा पुरै धर्मनिरपेक्षवादी देखिनु भयो।२०७६ असार २२ गते ६४ वर्षकै उमेरमा बुबा श्रीनाथ अधिकारी बित्नु भयो हामीले बुबाको बिचार,सिद्धान्त,दर्शन र राजनीतिलाई पछ्यायौं।यसरी २०४० मा कान्छो भाइ उज्वल जन्मिदा ताकाबाट शुरु भएको साँस्कृतिक रुपान्तरण अभियान निकै नै जिकज्याक बाटो भएर अगाडि बढ्यो।२०७६ मा बुबाको मृत्यु संस्कार सम्म आइपुग्दा मेरा भाइहरु उत्तम र उज्वल।मेरी श्रीमती शुशिला थापा र भाइ बुहारीहरु सरिता र शान्तिले पनि हामीलाई धर्मनिरपेक्षमा उभिन साथ दिएका छन्।अहिले हाम्रो परिवार आस्तिक छैन। हामी नास्तिक पनि होइनौं।हामी धर्मनिरपेक्षतावादी हौं।मैले हामी जस्तै धर्मनिरपेक्षवादी साथीहरूलाई नजीकबाट चिन्न जान्न जमर्को पनि गरेको छु।जनयुद्ध ताका गोरखामा अन्तरजातिय बिबाह (मुख्य रूपमा दलित र गैर्‍ह दलित) गर्ने केहि जोडिहरु छन्।यन प्रशाद भट्ट `सरोज´/ज्ञानु नेपाली,हरिशरण आचार्य/गंगा सुनार, शम्भु ढकाल/इन्द्रा सुनार,बिनय थापा/दुर्गा बिक।यिनिहरु अहिले पनि नमुना जोडीको रूपमा छन्।सांस्कृतिक रुपान्तरणमा उहाँहरुको ठुलो भुमिका हुनेछ।
श्रीनाथ अधिकारी,बाबुराम भट्टराई,हितराज पाण्डे,कृष्ण धिताल,लेखनाथ न्यौपाने,हरिशरण आचार्य,बिष्णु भट्ट,जगन खनाल,लोक प्रसाद बञ्जरा,शम्भु ढकाल आदिले आफु संलग्न मृत्यु संस्कारमा भौतिकबाद लागु गरेका छन्।कास्की जिल्लामा पनि मृत्यु संस्कारमा भौतिकबाद लागु गर्नेमा झलकपाणि तिवारी, रामजी थापा,पुर्ण गीरी,भिम रानाभाट,परशुराम कोइराला,सन्त बहादुर घिसिङ्ग,काजी गाउँले,तोरण गुरुङ आदिलाई देखेको छु।कतिपयको त बिचित्र पनि देखिएको छ घर परिवारमा आफु एक्लै चाँहि भौतिकबादी कर्मकाण्डमा उभिने बाँकी सिङ्गै परिवारलाई चाँहि गरुड् पुराण सुनाउने।कतिपयमा पाखण्ड चरित्र पनि प्रधान देखिन्छ भन्ने एकथोक गर्ने अर्को थोक।यता धर्ममा धर्मनिरपेक्षतातिर दृढतापुर्वक उभिनेहरु उता आर्थिक क्षेत्रमा चरम भ्रष्टिकरण पनि देखिएको छ।उहिले आफ्नो जनवादी बिबाह गर्नेहरूले अहिले छोराछोरीको बिबाह ब्यापक दाइजो प्रथालाई प्रश्रय दिएको पनि देखिएको छ।क्रान्तिकारी माओवादीको पोलिट्ब्युरो सदस्य सम्मले सुनको औँठि प्रदर्शन गरेको समेत मैले देखेको छु।साँस्कृतिक रुपान्तरणको बिशद ब्याख्या हुन्छ होला ?यो लरतरो विषय होइन होला ??
(लेखक बैद्यले नेतृत्व गरेको माओबादी पार्टीको केन्द्रीय सदस्य हुन्।)

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link