Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गणतन्त्रमा,पुर्वराजा शाहले जुगांको ताउ नचलाएकै बेस

रुद्र बहादुर विश्वकर्मा,पोखरा,फागुन १० गते। नेपाल परिवर्तनका लागी विभिन्न चरणमा संघर्षहरु भएका छन।ति संघर्षलाई उल्टाउने परिवर्तन बिरोधीहरु पनि सक्रिय रुपमा लागेका छन।जनताले आफ्ना अधिकार प्राप्तिका लागी गरेका शान्तिपुर्ण देखी सशस्त्र संघर्षका उपलब्धीका परिणामहरुलाई उल्ट्याउने दुस्साहस गर्ने प्रतिक्रान्तिकारीहरू हुन।जनताको रक्तपातपूर्ण संघर्षबाट कोरिएको क्रान्तिको मार्ग अजय हुन्छ।वर्गसंघर्षको महान बलिदानबाट स्थापित परिवर्तनलाई हुन।नेपालमा चलेको दश वर्षे जनयुद्ध पनि बर्गसंघर्षको एउटा रुप हो।

जनयुद्ध केवल राज्यसत्ताको पुनर्गठनका लागि मात्र थिएन, यो शोषित, उत्पीडित, दलित, महिला, मजदुर, किसान, भूमिहीनहरूको आत्मसम्मान, समानता र मुक्तिको लागि उठेको ऐतिहासिक विद्रोह थियो। यो संघर्ष केवल हतियारधारी क्रान्तिकारीहरूको मात्र थिएन, यो सदियौँदेखि सत्ताधारीहरूको दमन सहन बाध्य पारिएका उत्पीडित वर्गको मुक्तिको यात्रा थियो।जनयुद्धमा विरहरूले आफ्ना छातीमा गोली थापेर क्रान्तिको बाटो देखाए, अब हामीलाई त्यो सपना अधुरो राख्ने छुट छैन।

अहिले पनि मुलुकमा बहुराष्ट्रिय कम्पनीहरूका दलालहरूद्वारा सञ्चालित ‘सिकेको विकास’ होइन, हाम्रो आफ्नै मौलिकता, संस्कृति, सभ्यता, र प्रकृतिसँग मेल खाने बैज्ञानिक विकासको मोडेल स्थापना हुनु पर्दछ।यस हुदा मात्र मुलुकको हित हुनेछ।

यो देश केही मुट्ठीभर धनाढ्यहरूको सुविधा पाउने अवस्था बनेको छ।यस्तो विभेदले प्रत्येक नागरिकको गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षामा सहज पहुँच, रोजगारको सुनिश्चितता, र श्रमजीवी वर्गको आर्थिक अवस्था नाजुक छ।परिणामत हजारौँ नेपाली युवाहरूलाई विदेश पलायन भएका छन।युवाहरुलाई स्वदेशमा रोजगार हुने नीति आजको आवश्यकता हो।सिप मुलुक ब्यवहारिक शिक्षाले नै मुलुक भित्र उद्यमशिलताको वातावरण बनाउने छ।नीति निर्माण यस किसिमको हुदा मात्र नेपाली जनताले चाहेको अवस्थाको परिवर्तन हुनेछ।

नेपाली समाजमा विद्यमान सामन्ती सोच र विदेशी चलखेलको अन्त्य गर्दै, जल, जमिन, जंगल, खानी तथा सम्पूर्ण प्राकृतिक स्रोतसाधनको स्वामित्व नेपाली जनताकै हो र हुनु पर्छ । प्राकृतिक स्रोतसाधनहरु सबै मेरो हो भन्ने र जनता मेरो नोकर हुन भन्ने सामन्ती हरुले फेरी टाउको हल्लाउदै छ यस्ता लाई हामी सबैले बुझ्नु जरुरी छ र यस्तालाई फेरी उखेलेर फाल्नुपर्छ।

पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएका अभिब्यक्ति जनताका अधिकार खोस्न उद्दत छन।शाहले जुगांको ताउ नचलाउदा नै मुलुक स्थायित्वको मार्गमा चलेको छ।उनले जनताका अधिकार खोसेर निरङकुस शासन संचालन गरेका कारण नै राजतन्त्रको समुल अन्त्य भएको हो।उनि अभिजात वर्गका सर्वोच्च प्रतिनिधि हुन।उत्पिडित समुदायलाई अधिकार विहिन बनाउने राजतन्त्र हो।खसगरि यो विषय उत्पीडित समुदायका जनता बुझ्न जरुरी छ।यो प्रतिक्रान्ति र प्रतिगमनकारी कदम हो।साथै शाहको भनाई लोकतन्त्र माथिको प्रहार पनि हो।शाहले बुझ्नुपर्छ,इतिहासको निर्माता जनता हुन।

श्रमजिवि जनताले यस्ता यथास्थीतिवादी र प्रतिकान्तिकारी अभिब्यक्ति र कदमका बिरुद्ध एकताबद्ध हुन जरुरी छ।प्राप्त अधिकार र उपलब्धीहरुको रक्षाका लागी सचेत हुन आवश्यक छ।गणतान्त्रीक ब्यवस्थालाई स्थायित्व दिदै समाजवादका लागी आम जनताहरु सदैव जागरुक हुन पर्दछ।यसो हुन सके मात्र समतामुलक समाज,आत्मनिर्भर अर्थतन्त्र, वैज्ञानिक समाजवाद, सामाजिक न्याय, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र प्राकृतिक स्रोतसाधनको रक्षा र ग्यारेन्टी हुनेछ।

arrow प्रतिक्रिया दिनुहोस्