Skip to content
Pokharapress Logo
१३ असार २०८३, शनिबार

सैन्य हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु

loading views..
Nepal Telcome

एजेन्सी । पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायुसेनाको हेलिकप्टर दुर्घटना भएको हो। त्यहाँको रक्षा मन्त्रालयले दुर्घटनामा नौ जनाको ज्यान गएको जानकारी दिएको छ।

बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लामा सो दुर्घटना भएको थियो। दुर्घटनामा हेलिकोप्टर चालक दलका चार र अफगान राष्ट्रिय सेनाका पाँच सदस्य मारिएका मन्त्रालयले जनाएको छ।

सेनाले दुर्घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ। गत नोभेम्बरमा पूर्वी प्रान्त नागाहारमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका १० सदस्यले ज्यान गुमाएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link