Skip to content
Pokharapress Logo
१० असार २०८३, बुधबार

जापानमा हिजो मात्रै ४६ हजार भन्दा बढी संक्रमित

loading views..
Nepal Telcome

टोकियो। युरोपेली देशहरुको स्तरमा कोरोना भाइरसका बिरामी बृद्धिले जर्जर बन्दै गएको जापानमा संक्रमण बृद्धि थप चुलिन थालेको छ । ४७ प्रान्त मध्ये आधा बढि प्रान्तमा अहिलेसम्कै धेरै कोरोना संक्रमित पुष्टि हुँदा जनवरी २० तारिख देशभरमै संक्रमितको नयाँ किर्तिमान बनेको छ ।

हिजो साँझ ७ बजेसम्ममा देशभरमा ४६ हजार नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएका छन् । एनएचके समाचार संस्थामा प्रकाशित तथ्यांक अनुसार बिहिबार ४६,१९९ जनामा संक्रमण र कम्तिमा ९ जना कोभिड संक्रमितको निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा कुल कोभिड संक्रमितको संख्या २० लाख पार गरेको छ । बिहिबार साँझ सम्ममा २०२६,५६० जना संक्रमित पुग्दा कोभिड संक्रमणबाट निधन हुनेको संख्या १८,४८३ पुगेको छ ।

अर्को तर्फ हाल जापानमा कोभिड संक्रमित गम्भिर बिरामीको संख्या बढेर २८७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये १७५९,६०० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link