Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गठबन्धन: प्राकृत कि अप्राकृत ?

नेताहरुको बुद्धि,, विवेक, क्षमता, निर्देशन र ज्ञानलाई आधार मान्नु अनिवार्य छ ।  यस मानेमा आज त्यस्तो योग्यता र क्षमता भएको नेता तुलनात्मक रुपमा प्रचण्ड नै देखिएका छन् । उनी चतुर छन्, राजनीति खेलाउन सक्छन्, कूटनीति मिलाउन सक्छन्, सबैलाई साथ लिएर सन्तुलन राख्न सक्छन, देशलाई अघि बढाउने ‘भिजन’ दिन सक्छन्, अधिनायकवादी शैली हैन जनमतको कदर गर्छन् । देशको निम्ति केही गरौं, गरेर देखाऊँ भन्ने भावना र सोंचाइ पनि छ । विकास र समृद्धि एकसाथ देशमा ल्याउन र जनताका समस्या समाधान गर्न उत्तरदायित्व पनि लिन्छन् । यसै अर्थमा केपी ओली र राष्ट्रपतिले च्यात्न खोजेको सम्बिधानको रक्षा, उल्ट्याउन खोजेका परिवर्तनको जगेर्ना, पश्चगामी कदम, लोकतन्त्रको पक्षधरता, अधिनायकवादी शैलीको विरोध गरेर फेरि परिस्थितिलाई ट्याकमा ल्याउने काम गरेका छन् । सम्बिधान, लोकतन्त्र, संघीयता, समावेशितालाई जबरजस्त रुपमा उनैले पक्रेका छन् । विद्यमान संसदीय व्यवस्थाका नकारात्मक पक्षपाटाहरुमा सुधार, परिमार्जन, संशोधन र परिवर्तनहरु गर्दै विकसित समुन्नत नयाँ संसद, जनताको संसद, प्रगतिशील संसदमा रुपान्तरण गर्दै देशलाई समाजवादी दिशामा लैजान प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको योजना अघि सारेका छन् । अबको लक्ष्य आर्थिक क्रान्तिद्वारा देश र जनताको समृद्धि, विकास, प्रगति, रुपान्तरणको नारा प्रचण्डको नारा हो । माओवादीको नारा हो । देश प्रचण्डकै राजनैतिक लाइनमा अगाडि बढेको छ । तसर्थ लोकतन्त्र, सम्बिधान, स्थायीत्व, विकास, समृद्धि, नयाँ र जनपक्षीय संसदका लागि गरिएको गठबन्धन कसरी अपवित्र र अराजनैतिक भयो? आश्चर्य लाग्छ । यस्ता गोयबल्स प्रचारको पछि नलागी लोकतान्त्रिक–वाम गठबन्धनलाई मत दिएर जिताउनु नै जनताको आजको धर्म र वास्तविक अभिभारा हो भन्ने सबैले बुझ्न जरुरी छ ।

arrow प्रतिक्रिया दिनुहोस्