Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

जनयुद्धले सिङ्गो मुलुकलाई व्युउँझायो, उठायो र दौडायो: सागर पन्त

loading views..
Nepal Telcome

पोखरा। जनयुद्ध एउटा समग्र युद्ध थियो। जसले समाजका हरेक पाटाहरुमा हस्तक्षेप मात्र गरेन, समाजलाई एक ढंगले नयाँ युगमा लिएर गयो। २०५२ साल फागुन १ गतेबाट जनयुद्धको उद्घोषसँगै नेपाली सामाजमा त्यसको तरङ्ग भुइँ सहतसम्मै फैलन पुग्यो। जनयुद्धको राप र ताप बढेसँगै समाजका उत्पीडित र उपेक्षित वर्गमा राज्यसत्ता र तिनका अवयव विरुद्ध मात्र होइन समाजमा रहेक शोषक, सामन्तका बिरुद्ध जेहादनै छेडे।

जनयुद्धको क्रममा मजदुर, किसान, दलित, महिलामा ठुलो जागरण आयो भने उनीहरुमा नेतृत्वको पनि विकास हुन पुग्यो। जनयुद्ध सामान्य युद्ध मात्र नभएर महान् जनविद्रोह थियो। जनयुद्धले सिङ्गो मुलुकलाई व्युउँझायो, उठायो र दौडायो।

जनयुद्ध एक युगान्तकारी परिघटना थियो। समाजका हरेक पाटाहरुमा हलचल पैदा गरेको यस जनविद्रोहले समाजमा ठुलो राजनीतिक जागरण ल्यायो। जसको कारण समाजका सामान्य मानिस जो सधैं राज्यको नजरमा हेपिएका, दविएका थिए। ती राज्यको मुलप्रावाहमा आए। सामन्तवादको प्रमुख श्रोत २४० वर्षको राजतन्त्र गर्लाम्गुर्लुम ढल्यो। जुन कुरा मानिसहरु सोच्नसम्म पनि सक्दैनथे।

जनताका हक अधिकार नयाँ संबिधान मार्फत सुनिस्चित हुन पुग्यो भने संघिय व्यवस्था मार्फत जनताको घरदैलोमा अधिकारसगै राज्यका सेवा सुबिधा समेत पुग्यो। यो चानेचुने उपलब्धि होइन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link